Rule 8B
कम्पनी अन्तर्गत सञ्चालित विद्यालयलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्ने सम्बन्धी व्यवस्था
(१) कम्पनी अन्तर्गत सञ्चालन भएको कुनै विद्यालय शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न चाहनेले स्वीकृतिको लागि अनुसूची–११ग.बमोजिमको ढाँचामा जिल्ला शिक्षा अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा जिल्ला शिक्षा अधिकारीले निरीक्षक वा अन्य अधिकृतद्वारा त्यस्तो विद्यालयको जाँचबुझ गराई प्रतिवेदन पेश गर्न लगाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्रतिवेदन प्राप्त भएपछि जिल्ला शिक्षा अधिकारीले निवेदन साथ प्राप्त कागजात जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा त्यस्तो विद्यालयलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न मनासिव देखिएमा जिल्ला शिक्षा समितिको स्वीकृति लिई प्राथमिक विद्यालय र निम्न माध्यमिक विद्यालयको हकमा आफैले स्वीकृति दिनेछ र माध्यमिक विद्यालयको हकमा जिल्ला शिक्षा समितिको राय सहित प्राप्त निवेदन निर्देशक समक्ष पठाउनु पर्नेछ ।
(४) उपनियम (४) बमोजिम प्राप्त निवेदन सहितको कागजात जाँचबुझ गर्दा त्यस्तो विद्यालयलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न दिन मनासिव देखिएमा निर्देशकले त्यस्तो विद्यालयलाई स्वीकृति प्रदान गर्नेछ ।
(५) यस नियम बमोजिम दिइने स्वीकृतिको ढाँचा अनुसूची ११घ.बमोजिम हुनेछ ।